२०८३ कार्तिक २१ गते शुक्रबार

छानबिन समितिले बुझायो प्रतिवेदन, सभापति भन्छन्- सहकारीमा फेकैफेक छन्!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३१
surya_thapa

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन पेस गरेको छ।

सोमबारको प्रतिनिधि सभा बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गरेका हुन्।

समितिले ३ महिना १५ दिन लगाएर २ हजार पेजको प्रतिवेदन तयार गरेको छ।

सहकारी क्षेत्र अर्थतन्त्रको पिल्लर भएपनि बाँसको कमजोर पिल्लरका रूपमा रहेको उनले उल्लेख गरे। ‘यो क्षेत्र धरमराएपनि प्रचुर सम्भावना पनि रहेको क्षेत्र हो,’ प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै उनले भने, ‘यसका लागि हामी सबैको साझा प्रयास आवश्यक छ।’

सहकारी क्षेत्रले फेकको बिगबिगी रहेको उनले बताए। नेपालको सहकारीमा सदस्य, ऋणी, बैंकखाता, विवाह र प्रतिवेदन पनि फेक पनि भएको उनले उल्लेख गरे।

समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा उनले विश्वास पनि व्यक्त गरे। आफूहरूले समस्याको समाधान निस्कने गरी सक्दो प्रयास गरेको उनले उल्लेख गरे।

समितिका सातै सदस्यले हस्ताक्षर गरेको प्रतिवेदन सदनमा टेबल भएको छ। सदनमा पेस भएको यो प्रतिवेदन तत्काल सार्वजनिक भने हुँदैन।

समितिले बुझाएको प्रतिवेदन संसदले पारित गरेपछि कार्यान्वयनका लागि सभामुखले सरकारलाई रुलिङ गरेका छन्।

आइतबार प्रतिवेदनलाई अन्तिम रूप दिनका लागि बिहान १० बजे समितिको बैठक सुरु भएको थियो। आइतबार राती मध्यरातसम्म सदस्यहरुबीच प्रतिवेदनका विषयमा वादप्रतिवाद भएको थियो।

समितिले ४० भन्दा बढी सहकारीको बचत रकम अपचलन गर्नेविरुद्ध कारबाही सिफारिस गरेको छ। सहकारीको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछाने दोषी देखिएको प्रतिवेदनमा उल्लेख छ।

गोर्खा मिडियाको नाममा ग्लोबल आईएमई र तत्कालीन सिभिल बैंकमा केवाईसी फर्म भरेर गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र छविलाल जोशीले संयुक्त खाता सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ।

गोर्खा मिडियाको खातामा रवि लामिछानेले हस्ताक्षर गरेका चेक पनि साटिएका र कम्पनीको तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको अध्ययनको निष्कर्ष छ।

लामिछानेले कम्पनी रजिस्ट्रार कार्यालयमा हस्ताक्षर र औंठा छापसहित बुझाएको कागजमा समेत आफूले १५ प्रतिशत सेयरका लागि कम्पनीमा रकम बुझाएको बैंक स्टेटमेन्ट समावेश, रकम भने सुप्रिम सहकारीबाट आएको देखिएको छ।

संसदीय छानबिन समिति गठन हुँदा मितेरी सहकारीको विषय नउठेकाले कार्यादेश (टीओआर) र अनुसूचीमा यो सहकारीको नाम नभए पनि कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न लेखी पठाउने विषय प्रतिवेदनमा उल्लेख छ।

सहकारीको पैसा मिडियामा लगानी गर्नु आफैंमा पनि नियम विपरीत भएकाले समितिले यो तर्कलाई केन्द्रमा राखेर, रवि, जिवी र छबी तीनै जनलाई ‘दोषी’ का रुपमा चित्रण गरेको छ।

यद्यपि यसअघि सभापति लामिछानेले ऋण र लगानीका विषयमा आफूलाई केही थाहा नभएको जिकिर गर्दै आइरहेका थिए।

समितिले उनले भन्दै आएको ‘थाहा नभएको’ कुरालाई पनि प्रमाणहरुले खण्डित गरेको निष्कर्ष निकालेको छ।

समितिमा ९ घण्टा दिएको बयानमा पनि उनले यस्तै आफूलाई केही थाहा नभएको तर्क गरेका थिए।

संसदीय छानबिन समितिले सभापति रवि लामिछानेलाई दोषीको ‘लेन्स’मा राख्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनीबारे केकस्तो प्रतिक्रिया दिन्छ भन्ने चासो सबैमा देखिएको छ।

गोर्खा मिडियाका अध्यक्ष जीवी राई भने यतिबेला मलेसियामा छन्। उनलाई नेपाल फर्काउने प्रयासहरु सफल भएका छैनन्।

नेपाल प्रहरीका प्रतिनिधी मलेसिया नै पुगेर उनीबारे सोधखोज गरे पनि कानुनी अड्चनका कारण जीवीलाई नेपाल ल्याउन प्रहरी निष्फल देखिएको छ।

यता, कास्की प्रहरीले पनि सहकारी रकम अपचलनका विषयमा रविमाथि अनुसन्धान जारी राखिरहेको समाचार सतहमा आइसकेको छ।

प्रकाशित: २०८१ भदौ ३१ गते सोमबार ०३:०३
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना