काठमाडौँ– सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस-एमालेका नेता सम्मिलित कार्यदलले प्रतिवेदन बुझाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको हो।
बुधवार साँझ बालुवाटारमा कार्यदलले ओली र देउवालाई प्रतिवेदन हस्तान्तरण गरेको हो।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेस र एमालेका दुई-दुई नेताले पाएका थिए।
कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत तथा एमालेका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए।
सरकारमा एमाले, कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्।


