काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
साइबर ब्युरोबाट खटिएको टोलीले भक्तपुर कमेरेटारस्थित प्रसाईंनिवास पुगेर पक्राउ गरेको हो।
रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत महिलाको उजुरीमा प्रसाई पक्राउ परेका हुन्।
साइबर ब्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म बाहिरै बसेको थियो।
प्रहरीले ढोका खोल्न आग्रह गरेपनि प्रसाईले अटेर गरेर बसेका थिए।
ढोका नखोली भित्रबाट अपशब्दसमेत प्रयोग गरिएको थियो।
यसपछि प्रहरी भर्याङ लगाएर घरको कम्पाउन्डमा प्रवेश गरी पक्राउ गरेको थियो।
प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौँबाट प्रसाईंलाई पक्राउ गर्न अनुमति लिएको थियो।
असोज २ गते बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
प्रसाईसहित उनीसँगै रहने युट्युबरद्वय प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको थियो।
उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति लिएको हो।


