काठमाडौँ- चीन भ्रमणमा गएका रास्वपाका नेताहरूको टोली आकस्मिक रूपमा स्वदेश फर्किने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको रास्वपा टोली भ्रमण छोट्याएर नेपाल फर्कन लागेको हो।
गोर्खा मिडिया नेटवर्कमा रवि लामिछानेका साझेदार पक्राउ परेको र लामिछानेलाई पनि पक्राउ गर्ने चर्चा भएपछि टोली फर्कन लागेको हो।
रास्वपा उपसभापति डा वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो।
‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ’, भ्रमण टोलीलाई नेतृत्व गरेका डा. स्वर्णिम वाग्लेले बताए।
टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन्।


