काठमाडौं– राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ।
केन्द्रका बाजुराको बिछ्या केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर २३ वैशाखमा ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी भेगलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।
