काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने समय परिवर्तन गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज १३ गते बिहान ९ बजे बोलाइएको जानकारी दिए।
बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ।
यसअघि बैठक सोही दिन र सोही स्थानमा दिउँसो २ बजे बस्ने गरि बोलाइएको थियो।



