काठमाडौँ- संसदीय सुनुवाइ समितिले अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ।
बुधबार बसेको बैठकले उनको सुनुवाइ सकिएसँगै राजदूतमा अनुमोदन गरेको हो।
यादवले समितिमा बुधबार नै समितिमा कार्ययोजना प्रस्तुत गरेकी थिइन्।
बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अस्ट्रेलियाको सम्बन्ध विस्तार गर्ने उनको कार्ययोजना उल्लेख छ।
तर कार्ययोजनाका विषय खाली औपचारिकताका लागि मात्र हुने गरेको भन्दै टीकाटिप्पणी भइरहेको छ।


