काठमाडौँ- द्वन्द्वकालीन मुद्दाहरूको अन्तिम किनारा लगाउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे शीर्ष नेताबीच छलफल भएको छ।
शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन आयोग गठनका विषयमा तीन दलका शीर्ष नेताबीच छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए।
‘आयोग गठन गर्नेबारे छलफल सकारात्मक भएको छ। तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ,’ शीर्षको बैठकमा सहभागी भएर निस्किएका बस्नेतले भने, ‘एक-दुई दिनभित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ।’
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए।


