काठमाडौँ- विपक्षी दलहरूले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरूले यस्तो चेतावनी दिउका हुन्।
सरकार टिकाउन दुई दलीय तानाशाही लाद्न र अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्न उनीहरूको माग छ।
यस्तै विपक्षी दलहरूले असोज ११ र १२ को अविरल वर्षाबाट राष्ट्रव्यापी क्षति भएका स्थानहरूको पहिचान गरी राहत र पुनर्स्थापनाका कार्यहरू तत्काल सुरु गर्न आग्रह गरेका छन्।
सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदनले दिएको सुझावअनुसार सहकारी पीडितको रकम फिर्ता हुने विषयको सुनिश्चितता गर्न पनि विपक्षी दलहरूको माग छ।
यस्तै नेपाल विद्युत् प्राधिकरणमा हस्तक्षेप नगर्न पनि उनीहरूको माग छ।


