काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका २२ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ। प्रहरीको बढुवा समिति बैठकले शुक्रबार बेलुकी २२ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस सूची निकालेको हो।
डिएसपी गौतमकुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ। एसपीमा बढुवा सिफारिस हुनेमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तीमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई र गोविन्दराज काफ्लेलगायतका अधिकारी छन्।
समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिनेछ। उजुरी नपरे गृहमन्त्रीले सिफारिसलाई सदर गरेर बढुवाको निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ।


