२०८३ साउन १३ गते बुधबार

जेठ ५ मा आउँदै सरकारको नीति तथा कार्यक्रम

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३१
3dal

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते सार्वजनिक गर्ने तयारी गरिएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा प्रस्तुत गर्ने निर्णय गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेका हुन्। वर्तमान संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि कार्यव्यवस्था परामर्श समिति बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने छलफल भएको बताए।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको थियो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने निर्णय भएको बताएका थिए।

आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल गरेका थिए।

प्रकाशित: २०८० बैशाख ३१ गते आईतबार ०४:१०
प्रतिक्रिया

थप समाचार

सरकारको नीति तथा कार्यक्रममाथि बहस गर्दै दुवै सदन

काठमाडौँ- प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सोमवारदेखि छलफल प्रारम्भ हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति...

नीति तथा कार्यक्रमको समीक्षा गर्दै एमाले-कांग्रेस

काठमाडौँ- सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक बोलाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको...

नीति तथा कार्यक्रममा शिक्षक आन्दोलनको रापताप

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षक आन्दोलनको असर देखिएको छ। नीति तथा कार्यक्रम तर्जुमाका वेला शिक्षकहरूले सडक प्रदर्शन गरेपछि त्यसको असर...

नीति तथा कार्यक्रमः नेताहरुको मिश्रित प्रतिक्रिया

काठमाडौँ- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा विभिन्न राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। सत्ता पक्षका सांसदहरुले कार्यक्रमको बचाउ गर्दै सकारात्मक...

कोशीले पनि ल्यायो नीति तथा कार्यक्रम, कुन प्रदेशको प्राथमिकतामा के?

काठमाडौँ- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना