काठमाडौँ- एनपीएलमा पोखरा एभेन्जर्सले पहिलो पटक जित निकालेको छ।
लुम्बिनी लायन्सविरुद्ध पोखराले १० विकेटको जित निकालेको हो।
१७१ रनको लक्ष्य छ्याएको पोखराले कुनै विकेटको क्षति बिना नै जित निकालेको हो।
खेलमा पोखरा एभेन्जर्सका खेलाडी एन्ड्रिज गुजले शतक प्रहार गरेका छन्।
एनपीएलमा उनले गरेको यो नै पहिलो शतक हो। उनले ५५ बल खेल्दै १०४ रन जोडेका थिए।
खेलमा दिनेश खरेलले ४६ बल खेलेर ६१ रन जोडेका थिए।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ५ विकेट गुमाएर पूरा ओभर खेल्दै १७० रनको योगफल तयार पारेको थियो।
लुम्बिनीका रोहित पौडेलले ९५ रन बनाएका थिए। उनले ५९ बलमा उक्त रन जोड्न सफल भएका थिए। १० चौका र ४ छक्काको मद्दतमा रोहिले ९५ रन जोडेका थिए।
लुम्बिनीका टोम मूर्सले ४५ रन बनाए। यस्तै सुदीप जोराले १८ रन जोड्न सफल भएका थिए।
बलिङतर्फ पोखराका विपीन खत्रीले २ विकेट लिए भने म्याट क्रिसचेलीले १ विकेट लिएका थिए।
यो पोखराको पहिलो जित हो। योसँगै उसले अंक तालिकामा २ अंक जोडेको छ।
लुम्बिनीले एनपीएलका कुनै पनि खेल जितेको छैन। यो उसको दोस्रो हार हो।
पोखराले यसअघि दुई हार खेपेको थियो।
पोखराले जनकपुर र चितवनसँग हार व्यहोर्दा लुम्बिनीले विराटनगरसँग हारेको थियो।
तीन खेलमा तीनै खेल जितेको जनकपुर बोल्टस् ६ अंक जोड्दै प्रतियोगिताको शीर्ष स्थानमा छ।


