२०८३ कार्तिक १९ गते बुधबार

मेघगर्जनले विमानलाई कस्तो असर पर्छ? कसरी गर्ने सुरक्षा?*

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २४
plane

विमानमा कम्पन उत्पन्न हुने समस्याबाट बच्ने उपायको खोजी भइरहेको छ।

हावाको वेगले हुत्तिएर शरीर काँपिरहेका यात्रुहरुको हातमा रहेको पेय पदार्थहरु अचानक पोखिनु उडानका क्रममा हुने सामान्य घटना हुन्। विमान हल्लिएका कारण यात्रीलाई शारीरिक चोटपटक पनि लाग्ने गरेको कुरा पनि नयाँ होइन।

विमानभित्र खलबली पैदा गर्ने अर्को एउटा कारण मेघगर्जन पनि भएको अध्ययनले देखाएको छ। विमानलाई मेघगर्जनले पनि टाढासम्म असर गर्छ। तर कति टाढासम्म असर गर्छ भन्नेमा सबै अध्ययनहरू एकमत छैनन्।

विमानलाई मेघगर्जनले कति टाढासम्म असर गर्ने सम्भावना हुन्छ? त्यो प्रश्नको जवाफ खोज्न अनुसन्धानकर्ता खटिएका छन्। हावाको अनियमित गतिले पैदा गरेका हलचलका थुप्रै तथ्यांक उक्त अध्ययनले केलाएको बताएको छ।

अध्ययनले मेघगर्जनको असर पनि केलाएको छ। मेघगर्जनको असर ८९ किलोमिटरभन्दा बढी क्षेत्रसम्म फैलने अध्ययनको निष्कर्ष छ। यो भनेको हालसम्म सिफारिस गरिएको दूरीभन्दा लगभग तीन गुणा बढी हो।

अमेरिकी मौसम विज्ञान सोसाइटीको बुलेटिनमा प्रकाशित भएका यी खोजहरुले मेघगर्जनबाट बच्नको लागि नयाँ दिशानिर्देशन गर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ।

उडानमा जमिनबाट पठाइने सन्देश र मौसमका तथ्यांकमा पाइलटहरूले ध्यान केन्द्रित गर्ने गरेका छन्।

‘मौसम विज्ञान र उड्डयनबीचको सम्बन्ध धेरै पुरानो हो,’ नर्मन स्थित ओकोहोमा विश्वविद्यालयका वायुमण्डलीय वैज्ञानिक स्टेसी हिचककले भनेका छन्।

‘मेघगर्जन चाहिँ धेरै चिन्ताको विषय हो। ‘मेघगर्जनका बेला विमानले छोटो दुरी मात्र पार गरे पनि तीव्र परिर्वतन महसुस हुन्छ,’ डा. हिचककले भनेका छन्।

पश्चिमी दिशाबाट बहने अति तीव्र गतिको हावाका कारण पनि विमानमा हलचल उत्पन्न हुन्छ।

डा. हिचकक र उनका सहकर्मीहरुले सन् २००९ देखि २०१७ सम्म संयुक्त राज्य अमेरिकाको हवाई क्षेत्रबाट गरिएका लाखौँ तथ्यांक यो अध्ययनमा विश्लेषण गरेका छन्।

(द न्यूयोर्क टाइम्सबाट लिएको यो सामाग्रीको अनुवाद गोविन्द लुइँटेलले गरेका हुन्।) 

*शीर्षक अद्यावधिक गरिएको

प्रकाशित: २०८१ मङ्सिर २४ गते सोमबार ०७:०७
प्रतिक्रिया

थप समाचार

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं। प्रविधि कम्पनी गुगल इंकले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ। यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै...

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ। फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा...

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना