काठमाडौँ – ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फूलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन्।
सोमबार फुलचोकीमा घुम्न गएका १३ जना हराएको सूचनापछि अहिले खोजी थालिएको छ।
ललितपुरका एसएसपी शेखर खनालका अनुसार स्थानीयको सहयोगमा उनीहरूलाई खोज्न प्रहरी परिचालन गरिएको छ।
हिँउदेयाममा फूलचोकी घुम्न जानेहरूको भीड लाग्ने गर्छ। फूलचोकी ललितपुरको सबैभन्दा चर्चित पर्यटकीयस्थल हो। २७६२ मिटर अग्लो यो स्थानमा ललितपुरको दक्षिण पूर्व अवस्थित छ।


