काठमाडौँ- हेली एभरेस्टको हेलिकोप्टर चरासँग ठोक्किएको छ। लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौँ आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किएको हो।
९ एन–एकेजी हेलिकप्टरमा आइतबार बिहान चरा ठोकिएपछि काभ्रेको साँगामा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।
साँगामा हेलिकोप्टरका यात्रुलाई झारेर सडकमार्गबाट काठमाडौँ ल्याइएको छ।


