सिराहा– सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ।
आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन्।
बा २ झ ३६४३ नम्बरको गाडी ढुंगाले हानेर तोडफोड गरिदिएको उपाध्यक्ष सिंहले आफैँले स्वीकार गरेकी छिन्।
तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ।


