काठमाडौँ- सरकारको नीति तथा कार्यक्रमले अर्थतन्त्रमा सुधार देखिन थालेको बताएको उल्लेख गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदका दुवै सदनमा प्रस्तुत गरेको आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रमले यस्तो विषय उल्लेख गरेको हो।
वर्तमान सरकारले नेतृत्व सम्हालेदेखि ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको, राजस्व चुहावटमा नियन्त्रण गर्ने काम गरेको प्रस्तुत तथा नीति तथा कार्यक्रममा भनिएको छ।
यसैगरी भ्रष्ट्रचार नियन्त्रणमा सरकारले कारवाहीको प्रक्रिया अगाडि बढाएको भन्दै उनले आगामी दिनमा भ्रष्ट्रचारमा शून्य सहनशिलताको नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले सुशासन कायम गर्न सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
कोभिड १९ तथा युक्रेन रुस युद्धका कारण मुलुकको बाह्य क्षेत्रमा असर गर्दा विदेशी मुद्राको सञ्चितिमा दबाब परेको र पछिल्लो समय यसमा क्रमश सुधारका संकेतहरु देखिन थालेको राष्ट्रपतिले बताएका छन्। अर्थतन्त्रमा रहेका तमाम समस्याहरुको समाधान गर्दै उच्च तथा फराकिलो आर्थिक बृद्धिदर हासिल गर्ने दिशामा अगाडी बढ्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
सरकारी खर्चमा मितव्ययीता कायम गरिने, पुँजीगत खर्च बढाउने र आवश्यकतामा आधारित परियोजना छिटो सम्पन्न गर्ने दिशामा अगाडी बढ्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।


