काठमाडौँ- आगामी वर्षदेखि सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा यो विषय उल्लेख छ।
जग्गाको कारोबार र मूल्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन यस्तो नीति लिइएको नीतिमा उल्लेख गरिएको छ।
लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुसरुप प्रयोग भए/नभएको समेत अनुगमन गर्ने नीति तथा कार्यक्रमले समेटेको छ।


