काठमाडौँ- बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा शुक्रबार पनि थुनछेक बहस नसकिएपछि आइतबारका लागि सारिएको छ।
न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा शुक्रबार जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेपनि नसकिएपछि आइतबारका लागि सारिएको हो।
बहसपछि प्रतिवादी लामिछानेलाई परिवारको जिम्मा लगाउन अदालतले आदेश दिएको छ।
सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो ।
लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।


