काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले चलनचल्तीका सबै काण्डमा संसदीय छानबिन समितिको माग गरेको छ। प्रतिनिधि सभामा सम्बोधन गर्दै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले यस्तो बताएका हुन्।
‘नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन अब हाम्रो दीर्घकालसम्म रहन्छ,’ उनले भने, ‘सबै राजकीय पद धारण गरेका नेताहरुको सम्पत्ति छानबिनको माग छ। चलनचल्तीमा आएका सबै काण्डहरुको पनि अब एककए गरेर छानबिन हुनुपर्छ। भूटानीदेखि कम्बोडियासम्म, एनसेलदेखि र वाइडबडीसम्म बालुवाटारदेखि गिरबन्धुसम्म सबैको छानबिन अब हामीले गर्नुपर्ने हुन्छ।’
उनले सरकारले ल्याएका अध्यादेशमा केही सकारात्मक विषय भएपनि त्यसको प्रक्रिया नमिलेको टिप्पणी गरे।


