म्याग्दी- जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।
सहकारीको बचत अपचलन आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार थापालाई आइतबार पक्राउ गरिएको हो।
थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ।
थापा नेकपा (एमाले) का नेता हुन्।


