काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई छक्का हानेर आउट गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।
‘यो नीति तथा कार्यक्रमले जनताका समस्या समाधान गर्न सक्दैन। केही पनि हुनेवाला छैन। यसलाई पारित नगर्न सबै दल र स्वतन्त्र सांसदलाई म आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘यस्तै कार्यक्रम बनाउने नेपाली कांग्रेस अगाडि बढ्छ? म सबैलाई आग्रह गर्न चाहन्छु। यसलाई पारित गर्न हुँदैन।’
ओलीले नीति तथा कार्यक्रमलाई लिन प्रधानमन्त्रीलाई आग्रह गरे। ‘हैन भने यसलाई छक्का हानेर रिङआउट गरेर पठाइदिनुपर्छ,’ ओलीको भनाइ छ।


