२०८३ कार्तिक १७ गते सोमबार

गौशालाका गाईलाई आहारा अभाव, कुपोषणले मर्न थाले

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ३०
cow

महोत्तरी – महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको व्यवस्थापन हुन सकेको छैन । गौशालाको अवलोकन र निरीक्षण उपल्लो तहबाट हुँदै आए पनि समस्या निराकरणमा ठोस पहलकदमी हुन सकेको छैन ।

गत शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गौशालाको स्थलगत अवलोकन गरे । यसअघि तत्कालीन पद्मा अर्यालले पनि यसको अवलोकन गरेकी थिइन् । गौशाला–४ का अजय कुशवाहा भन्छन्, ‘गौशालाको व्यवस्थापनमा कोहीको ध्यान पुगेको छैन ।’

राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको यो संस्थाको मुख्य रेखदेखको जिम्मा जिल्लाका प्रमुख जिल्ला अधिकारीमा रहेको छ । गाई गौशालाको निरीक्षणपछि मन्त्री अधिकारीले विधि बनाएर समस्या समाधान गरिने बताए।

‘मन्त्री, प्रशासनिक प्रमुखलगायतबाट गौशालाको निरीक्षण अनुगमन हुँदै आएको छ’, गौशाला बजारका व्यापारी अजय साह भन्छन्, ‘तर सुधार हुन सकेको छैन ।’

हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । महोत्तरीको गौशालामा गाई गौशालाको बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाईका हाडछाला मात्र देखिन्छन् । कुपोषणले बर्सेनि गाई मर्न थलेका स्थानीयको भनाइ छ । गौशालाका गाईको उचित रेखदेख हुन सकेको छैन । उनीहरू पौष्टिक आहार र उपचारबाट समेत वञ्चित छन् ।

अहिले नवराजपुर र गौशालामा गरी दुई सयभन्दा बढी गाई छन् । यहाँ गाईका करङ देखिएका छन् । हाडछाला मात्र देखिन्छ । गौशालामा राखिएका गाईको विजोग छ । गौशालाका कर्मचारी पनि गाईको समुचित देखभाल र खानपान व्यवस्थापनबारे राष्ट्रिय सहकारी बोर्ड उदासीन रहेको बताउँछन् । ‘अभिभावकत्व लिएको बोर्डले कुनै वास्ता गर्दैन’, निगौल गाई गौशाला कार्यालयका प्रमुख वीरबहादुर चौधरी भन्छन् ।

निगौल गाई गौशाला सञ्चालन गर्न एक सय ४८ बिघा जग्गाको व्यवस्था गरिएको छ । जग्गामा घाँस र अन्य बाली समुचित तबरले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको छ । ‘गाईकै खानपान व्यवस्थाका लागि जग्गा छ, तर त्यो जग्गा जोतकोड गर्ने, घाँस र अन्यबाली लगाउने गरेको देखिदैन । अधिकांश जग्गा बाँझै छ’, स्थानीय रिझन साह भन्छन्, ‘स्थानीय तहले पनि यसप्रति बेवास्ता गरेको छ ।’

निगौल गाई गौशालामा अहिले राष्ट्रिय सहकारी बोर्डका ज्यालादारीसहित ३० कर्मचारी कार्यरत छन् । यसमध्ये २६ जना त गोठालाकै दरबन्दीमा रहेका छन् । उनीहरूले गाईको हेरचाह राम्रोसँग गर्न सकेका छैनन् । आहारा दिन नसक्दा गाई थारा बस्ने क्रम बढेको कार्यालय प्रमुख चौधरीको स्वीकारोक्ति छ । ‘गाईकै आहाराको ऋण ५० लाख पुग्यो होला’, प्रमुख चौधरी भन्छन्, ‘अब त उधारो पत्याउन छाडे । त्यसैले गाईलाई पौष्टिक आहारा खुवाउन सकिएको छैन ।’ यो प्रबन्ध राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्ने उनको भनाइ छ ।

यसबारे पटकपटक विभिन्न निकायमा ताकेता गरे पनि वास्ता नभएको चौधरीको गुनासो छ । गाई गौशालाको जग्गामा पशु हाट लगाइने ठेक्का बन्दोबस्तबाट २५ प्रतिशत आफ्नो कार्यालयले पाउनुपर्ने पूर्वसहमति भए पनि गौशाला नगर कार्यपालिकाको कार्यालयले रकम दिन विगतदेखि नै आनाकानी गर्दै आएको गाई गौशालाका कर्मचारी बताउँछन् ।

जग्गासमेत अतिक्रमण

गाई गौशालाको नाममा रहेको एक सय ४८ बिघा जग्गामध्ये भण्डै ५० बिघा जति अतिक्रमणको चपेटामा परेको छ । यो अतिक्रमण गरिएका जग्गामा घर ठडिएका छन् । अतिक्रमण हटाउन पहलकदमी हुन सकेको छैन । १० बिघामा गाई गोठ, नौ/नौ बिघामा पोखरी र फूलबारी तथा करिब ५६/५७ बिघाजति खेतीयोग्य जग्गा छ ।

यसमध्ये २० बिघा नियमित घाँस खेतीका लागि छुट्याइए पनि खेती नलगाइँदा गाईले हरियो घाँस खान पाएका छैनन् । अन्य जग्गा ठेक्कामा लगाइने गरेको छ । गाई गौशालाको तीन बिघामा गौशाला नगरपालिकाले पशु हाट लगाउँदै आएको छ ।

हाटको निश्चित प्रतिशत आम्दानी गाई गौशालाले नपाएको गाई गौशाला व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । गाई गौशालाको व्यवस्थापनमा तीनै तहका सरकार र राष्ट्रिय सहकारी बोर्डले पहलकदमी लिनपर्ने स्थानीय बताउँछन् ।

प्रकाशित: २०८१ माघ ३० गते बुधबार ०७:२२
प्रतिक्रिया

थप समाचार

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना