२०८३ भदौ ५ गते शुक्रबार

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता, के भयो कुराकानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ४
9d2f464d-bfb9-4a4c-bdb9-1e0cd8d42961 (1)

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साँझ भेट भएको हो।

सो भेटका क्रममा उहाँहरुबीच नेपाल भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो। त्यस भेटकाक्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो। हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको उर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो।

भेटमा मन्त्री डा देउवाले भारतसँग भएको उर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत निर्यात प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। साथै पछिल्लो समयमा दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा उनीहरुबीच कुराकानी भएको थियो।

नेपाल भारत बंगलादेशबीचको त्रिपक्षीय विद्युत व्यापार सम्झौता नेपालको उर्जा क्षेत्रका लागि एउटा ठूलो उपलब्धि रहेको भन्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री डा देउवाको भनाई थियो।

भेटमा क्रस बोर्डर विद्युत व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो। साथै नेपाल भारत बीचको व्यापार सन्धीको पुनरावलोकन, यही जनवरीमा काठमडौँमा भएको नेपाल भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो।

साथै सो भेटका क्रममा भारतीय तर्फबाट अतिरिक्त बन्दरगाहहरु सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास र व्यापार प्रवद्र्धन तथा दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने भन्दै मन्त्री डा देउवाले प्रसंशा गरेकी थिइन्।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरु समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रीस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझ्दारी भएको विषयमा उहाँहरुबीच छलफल भएको थियो।

सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकोमा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए। साथै विदेशमन्त्री डा जयशंकरले बिमस्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा पनि सो कुराकानीका क्रममा राखेका थिए।

प्रकाशित: २०८१ फाल्गुण ४ गते आईतबार ०८:३८
प्रतिक्रिया

थप समाचार

लघुवित्त क्षेत्रले आफ्ना मोडलहरू तत्काल परिवर्तन गर्नुपर्छः पूर्वउपाध्यक्ष डा. श्रेष्ठ

काठमाडौं। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सरकार र नीति निर्माण तहमा लघुवित्त क्षेत्रलाई बुझ्ने क्षमताको चरम अभाव रहेको बताएका छन्। शुक्रबार ‘लघुवित्त क्षेत्रको...

शाकाहारी आहारले शरीरको तौल घटाउँछ?

एजेन्सी। कम बोसोयुक्त शाकाहारी (भेगन)आहारले निरन्तर भोकसँग जुध्नुपर्ने आवश्यकता बिना नै तौल घटाउन सहयोग गर्न सक्ने एक अध्ययनले देखाएको छ। १६ हप्तासम्म गरिएको एक क्लिनिकल परीक्षणमा फलफूल,...

आर्थिक वर्ष सुरु भएयता एक खर्ब राजस्व संकलन

काठमाडौँ । चालू आर्थिक वर्ष सुरु भएको ३४ दिनमा सरकारले एक खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ। बुधबारसम्म सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले...

चितवनस्थित गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो

चितवन: निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ। भरतपुर महानगरपालिका-१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले...

रसुवागढी जलविद्युत पुननिर्माण गर्न २ बैंकबाट २.८८ अर्ब ऋण, आयोजनाको लागत बढ्यो

कुमारीबाट २ अर्ब, नबिलबाट ४९ करोड ८० लाख र चिलिमेबाट ३८ करोड १६ लाख रुपैयाँ ऋण लिइएको छ। कुमारीको ५.९९, नबिलको ५.२३ र चिलिमेको ६ प्रतिशत ब्याजदर रहेको छ।
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना