२०८३ कार्तिक १७ गते सोमबार

सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १०
school

तुलसीपुर – केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोटको भवन रङरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए । कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलैधुलोमा बस्न बाध्य थिए । डेस्क, बेञ्च भाँचिएका थिए । तर, अहिले त्यस्तो अवस्थामा छैनन् । सोही विद्यालयलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडेको तुलसीपुर–६ स्थित गोरखा माध्यमिक विद्यालयले यी सबै समस्या समाधान गरिदियो ।

विद्यालय रङ्गीचङ्गी छ । कोठामा म्याट, डेस्क, बेञ्च नयाँ छन् । त्यति मात्रै होइन, कक्षा कोठामा स्मार्ट बोर्ड र प्राजेक्टर पनि छ । यसरी नै गोरखाले मावि प्रतापकोटमा जे आवश्यक छ, त्यो सहयोग गर्दै आएको छ । विद्यालयको भौतिक पूर्वाधार सहयोगदेखि खेलकुदका सामग्री पनि सहयोग गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकलगायत सहयोग गर्दै आएको गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले बताइन्। गएको वर्ष ३२ थान डेस्क, बेञ्च, पुरानो चार कोठे भवनको रङरोगन, झ्याल ढोका मर्मत गर्न सहयोग गरेको निर्देशक केसीले बताइन्।

त्यस्तै विगतमा विद्यार्थीलाई न्यानो कपडा वितरण, खेलकुद सामग्री, विद्यार्थीका लागि राउन्ड टेबल, म्याट, प्राथमिक उपचारका सामग्री सहयोग गरिएको छ । यो वर्ष पनि सोही विद्यालयलाई स्मार्ट बोर्ड दिने तयारी रहेको केसीको भनाइ छ ।

विद्यालयलाई थप दुई वटा स्मार्ट बोर्ड तत्कालै सहयोग गर्ने समेत प्रमुख केसीको भनाइ छ । स्मार्ट बोर्ड भएमा शिक्षक हाजिर नहुँदा पनि त्यही बोर्डमार्फत पढाउन सकिने हुँदा कक्षा खाली हुने अवस्था नआउने केसीको भनाइ छ । सामुदायिक विद्यालय र निजी विद्यालयबीच भगिनी सम्बन्धमा यसरी एकअर्काप्रति सहयोग आदानप्रदान हुने भन्दै यो सम्बन्ध जोडेर सहयोग गरिरहेको उनले बताइन् ।

भगिनी सम्बन्ध निरन्तर जारी रहने भन्दै विद्यार्थीलाई जे आवश्यक पर्छ, त्योअनुरूप सहयोग गर्ने उनको भनाइ छ । साथै उनले सोही विद्यालयमा अध्ययन गरेर निस्केका एक जना विद्यार्थीलाई उच्च शिक्षाका लागि पनि सहयोग गरिएको उनको भनाइ छ ।

निजी विद्यालयसँगको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको मावि प्रतापकोटका व्यवस्थापन समिति अध्यक्ष लिलामणि बाँठाले बताए । ‘२०७५ सालदेखि हाम्रो भगिनी सम्बन्ध जोडिएको हो, त्यहाँदेखि नियमित सहयोग भइरहेको छ’, उनले भने, ‘त्यो सहयोगले हाम्रो विद्यालयको अवस्था फेरिएको छ ।’ आवश्यक पर्ने डेस्क, बेञ्च, प्राजेक्टर, म्याट मात्रै होइन, विद्यार्थीलाई शैक्षिक सामग्री तथा कपडा समेत सहयोग गर्दै आएको भन्दै यसले विद्यार्थीमा आकर्षण थपेको उनको भनाइ छ ।

विद्यालयले विद्यालयलाई सहयोग गर्ने र विद्यार्थीले विद्यार्थीलाई नै सहयोग गर्ने गरेका छन् । सोहीअनुसार गोरखाका विद्यार्थीले समय–समयमा कपी, कलम, झोला, न्यानो कपडा सहयोग गर्दै आएका छन् । खाजा खर्च कटाएर यसरी सहयोग गर्ने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाँठाले बताए ।

प्रकाशित: २०८१ फाल्गुण १० गते शनिवार ०९:११
प्रतिक्रिया

थप समाचार

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना