२०८३ कार्तिक १२ गते बुधबार

नियामक नै उत्रिए ‘झगडा’मा, सेबोनले चिनेन राष्ट्र बैंकको निर्णय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २०
nrb_sebon

काठमाडौँ- बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक र पुँजीबजार क्षेत्रको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) नै आपसी झगडामा उत्रिएका छन्। केन्द्रीय बैंकसमेत रहेको नेपाल राष्ट्र बैंकले गरेको निर्णयलाई सेबोनले भने कानुनले नचिन्ने भन्दै फिर्ता गरिदिएपछि यी दुई नियामक निकायबीचको जुहारी सार्वजनिक भएको हो।

नेपाल राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्न नबिल बैंक र गरिमा विकास बैंकलाई अनुमति दिएको थियो। विद्यमान कानुन अनुसार सेयरा जारी गर्नुअघि सेबोनको अनुमति पनि लिनुपर्छ। बैंकिङ क्षेत्रको नियामक राष्ट्र बैंकको अनुमति पाएपछि दुवै बैंक पुँजीबजार क्षेत्रको नियामक सेबोन पुगेका थिए। तर राष्ट्र बैंकले गरेको निर्णयलाई सेबोनले उल्ट्याइदिएको छ।

नेपाल धितोपत्र बोर्डले दुवै बैंकले जारी गर्न लागेको अग्राधिकार सेयरलाई रोक्का गरिदिएको छ। हालको कानुनमा अग्राधिकार सेयरसम्बन्धी प्रष्ट व्यवस्था नरहेको भन्दै सेबोनले नबिल र गरिमाको निवेदन दर्ता गर्नै अस्वीकार गरेको हो।

‘अग्राधिकार सेयर जारी गर्ने अनुमतिका लागि निवेदन आएको छ,’ बोर्ड स्रोत भन्छ, ‘कानुनले अग्राधिकार सेयर नचिन्ने भएकाले हामीले त्यस्तो निवेदन दर्ता गर्ने आधार पाएका छैनौं।’

राष्ट्र बैंकले दुवै बैंकलाई अविमोच्य प्रकृतिको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको छ। एउटा नियामकले स्वीकृति दिन र अर्को नियामकले स्वीकृति नदिएकाले सरकारको कुन निकायले चाहिँ कानुन नमानेको भन्दै बहस सिर्जना भएको छ।

कामना सेवा विकास बैंकलाई पछ्याउँदै नबिल अग्राधिकार सेयरको अनुमति माग्दै राष्ट्र बैंक पु्गेको थियो। सेबोनमा दर्ता हुनबाटै वञ्चित भएपछि दुवै बैंकले थालेको यो प्रक्रिया पूरा गर्न अझै समय लाग्ने देखिएको छ।

के हो अग्राधिकार सेयर?
अग्राधिकार सेयर पनि पुँजी वृद्धि गर्न अपनाइने एक उपकरण हो। आईपीओ, एफपीओ, हकप्रदजस्तै अग्राधिकार सेयर बेचेर संगठित संस्थाले पुँजी वृद्धि गर्न पाउँछ।

गरिमा र नबिलले प्राइभेट प्लेसमेन्टबाट अग्राधिकार सेयर जारी गर्ने योजना बनाएका छन्। अग्राधिकार सेयरका लागि आईपीओ/हकप्रद जस्तो आवेदन खुल्दैन। बैंकले नै लगानीकर्ता खोज्छ।

कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ। कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाकोभन्दा अग्र (पहिलो) अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार सेयर भनिएको हो।

कम्पनी खारेजीमा जाने अवस्था आएमा पनि अग्राधिकार सेयरवालाको पहिलो अधिकार हुन्छ। यसर्थ अग्राधिकार सेयरमा तुलनात्मक रुपमा जोखिम कम हुन्छ।

सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा कमाउन नसके अग्राधिकार सेयरवालाले तोकिएको लाभांश पाउँदैनन्। कम्पनीले धेरै नाफा कमाए पनि तोकिएको भन्दा बढी पाउँदैनन्। यसर्थ अग्राधिकार सेयरमा जोखिम मात्र नभएर प्रतिफल पनि कम हुन्छ।

अग्राधिकार सेयर विभिन्न प्रकृतिका हुन्छन्। सञ्चयशील (क्युमुलेटिभ अर्थात् कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भई आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील (नन्–क्युमुलेटिभ), विमोच्य (रिडिमेबल अर्थात् निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य (इरिडिमेबल–पर्पेचुअल) र परिवर्तनशील (कन्भर्टिबल अर्थात् निश्चित समयावधी पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील (नन्–कन्भर्टिबल) प्रकृतिका हुन्छन्।

गरिमा र नबिलले जारी गर्न लागेको अग्राधिकार सेयर पर्पेचुअल नन्–क्युमुलेटिभ प्रिफरेन्सियल सेयर हो। यसको अर्थ नाफा भएको वर्ष लाभांश पाउने, कम्पनी अस्तित्वमा रहेसम्म चलिरहने प्रकृतिको हो। अग्राधिकार सेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पनि पाउँदैनन्।

प्रकाशित: २०८१ फाल्गुण २० गते मङ्गलबार ०६:०६
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना