२०८३ कार्तिक १४ गते शुक्रबार

क्यानडालाई अमेरिकामा गाभ्ने ट्रम्पको अभिव्यक्तिविरुद्ध प्रदर्शन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ११
canada

एजेन्सी– अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप चिसिएको हो।

ट्रम्पले करमा वृद्धि गरेको र क्यानडालाई ५१औं राज्य बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि क्यानेडियनहरु थप रुष्ट बनेका छन्।

ट्रम्पकै विवादस्पथ अभिव्यक्तिलाई लिएर शनिबार टोरन्टोको नाथन फिलिप्स स्क्वायरमा क्यानाडाका पक्षमा जुलुश निकालेका थिए।

‘एल्बोज अप, क्यानडा !’ नाम दिइएको प्रदर्शनमा क्यानेडियालीहरूलाई राष्ट्रिय सार्वभौमिकता र मर्यादाको रक्षा गर्न एकजुट हुन र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकी कर लगाउने र क्यानडाको सार्वभौमिकतालाई खतरामा पार्ने ट्रम्पको टिप्पणीको विरोध गरिएको थियो।

‘म क्यानेडियन हुँ र म विश्वास गर्छु कि हामीले हाम्रो देश, जीवनशैली, संसदीय प्रणाली, कानुनी प्रणाली, द्विभाषिकता, हाम्रा आदिवासी जनताको लागि बहुसांस्कृतिकताको लागि उभिनुपर्छ। र यो संयुक्त राज्य अमेरिकाबाट र त्यहाँको प्रशासनबाट खतरामा छ। विलयको खतराविरुद्ध उत्रिनुपर्छ,’ प्रदर्शनकारी डग बेनेटले भने।

ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य भन्दै होच्याउने किसिमका अभिव्यक्ति दिँदै आइरहेका छन्। यसअघि ट्रम्पले क्यानडाली तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अमेरिकामा गाभिन आग्रह पनि गरेका थिए।

प्रकाशित: २०८१ चैत ११ गते सोमबार ०५:३६
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना