काठमाडौँ– त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दीपक राज जोशी विजयी भएका छन्।
सोमबार सम्पन्न निर्वाचनमा जोशीले ७८९ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्।
जोशीका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए। जोशीले ८ मतको झिनो अन्तरले जित निकाले।
त्यस्तै, क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत र स्वतन्त्र उम्मेदवार उज्जवल खड्काले ७१७ मत प्राप्त गरे।
सचिव, कोषाध्यक्षसहित पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्। सचिवमा हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्च माया सुब्बा विजयी बने।


