२०८३ कार्तिक १२ गते बुधबार

रेलमार्गबाट मुआब्जा पाउने आशमै चलेको छ जग्गाधनीको जिन्दगानी

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत २४
rail_nepal-11

जनकपुर- जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन्। बर्दिवास नगरपालिका–१४ मा छ बिघा र भङ्गाहा–४ को १५ कट्ठा जग्गाको वर्गीकरणमा भएको त्रुटि रेल विभागले सच्याउने जनाएपछि रेल्वेले अधिग्रहण गर्नपूर्वका जग्गाधनीमा अब उचित मुआब्जा पाउने आश जागेको हो।

जयनगर–बर्दिवासको जम्मा ६९ किलोमिटरको यो दूरीमध्ये ५१ किलोमिटरमा रेल्वेको ट्र्याक निर्माण भई सेवासमेत सञ्चालन भइसकेको छ। भङ्गाहा–बर्दिवास खण्डको १८ किमी दूरीभित्र उल्लेखित क्षेत्रफलको जग्गाको वर्गीकरण त्रुटिपूर्ण रहेको भन्दै जग्गाधनी आन्दोलनमा उत्रेपछि यसखण्डको निर्माणको काम अघि बढ्न सकेको छैन।

यसैबीच, विभागले स्थानीय प्रशासन, जिल्लास्थित नापी कार्यालय, जग्गाधनी, रेल विभागका अधिकारी र बर्दिवास एवं भङ्गाहाका जनप्रतिनिधिको उपस्थितिबीच वर्गीकरणमा भएको त्रुटि सच्याइने जनाएपछि यस खण्डको काम सुरु गर्न अब निकास निस्केको छ।

‘रेल विभागका प्रतिनिधिले वर्गीकरण गरिएको नक्सामा भएको त्रुटि सच्याउने प्रतिबद्धता जनाउनुभएको छ’, रेल विभागका प्रतिनिधि सुमोद पोखरेलको भनाइ उद्धृत गर्दै भङ्गाहा–४ का कुशेश्वर यादवले भने, ‘मुआब्जा निर्धारण समितिकै वर्गीकरणअनुसार रकम पाउन आन्दोलनमा उत्रिनुप¥यो, अब भने रकम पाइन्छ कि भन्ने आश जागेको छ।’

रेल विभागले अधिग्रहण गरेको यादवको सडकसँगै जोडिएको जग्गा मुआब्जा वितरणका बेला नक्सामा सडक नदेखिएको भनेपछि विवाद बढेको हो। बर्दिवास–१४ को खोल्सीपैनी पश्चिमका लागि समितिले गरेको वर्गीकरण त्यही ठाउँको आफ्नो जग्गामा फरक परेको भन्दै ३५ किसान आन्दोलित भएपछि रेल्वेको भङ्गाहा–बर्दिवास खण्डको निर्माण रोकिएको हो।

अहिले भने खोल्सीपैनी पश्चिमको आपूmहरुको रेल्वेले अधिग्रहण गरेको जग्गाको वर्गीकरणमा भएको त्रुटि रेल विभागले सच्याउने बताएपछि अब समितिले गरेको निर्धारणअनुसारको रकम पाउने आश जागेको रेल्वे आयोजना पीडित सङ्घर्ष समितिका अध्यक्ष बर्दिवास–१ का निरोज अधिकारीले बताए। रेल्वेले गरेको नक्साङ्कनमा अधिकारीसहितका ३५ जनाको जग्गा खोल्सीपैनी पश्चिम नकोरिँदा छ बिघा क्षेत्रफलका पुराना जग्गाधनीले पाउने मुआब्जा कम देखिँदा विवाद भएको हो।

‘हामीले बढी मागेकै हैनौं, जहाँ हाम्रो जग्गा छ, त्यो जग्गाको जे मुआब्जा तोकिएको छ, हामीले त्यही मागेका हौँ’, उचित मुआब्जा नपाएपछि पीडितले गठन गरेको रेल्वे आयोजना पीडित सङ्घर्ष समितिका अध्यक्ष निरोज अधिकारी भन्छन्, ‘पैनीपश्चिमको जे अवस्थिति छ, रेल्वे विभागले नक्साङ्कन गर्दा सो नदेखिँदामात्र हामी मर्कामा परेर आन्दोलनमा उत्रिनुपरेको हो, अब रेल विभागका प्रतिनिधिले सो त्रुटि सच्याइने बताएपछि समाधान होला भन्ने लागेको छ।’

यसैगरी भङ्गाहा–४ का यादवको जग्गा सडकले छोएको भए पनि रेल्वेले गरेको नक्साङ्कनमा सडक कोरिएको छैन। यी दुवै ठाउँको जग्गाको अवस्थितिबारे स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले स्थलगत अवलोकन गरी दिएको प्रतिवेदनसमेत विभागले कार्यान्वयन नगरेपछि जग्गाधनी आन्दोलित भएका थिए। भङ्गाहामा सडकले छोएको जग्गाको रु छ लाख र नछोएको जग्गाको एक लाख ५० हजार प्रतिकट्ठा मुआब्जा निर्धारण छ। आफ्नो जग्गा सडकले छोएको हुँदाहुँदै मुआब्जा चाहिँ नछोएको गरिँदा अन्याय परेको यादवको कथन छ।

जयनगर–बर्दिवास रेल्वेतर्फ अब वर्गीकरणमा भएको त्रुटि सच्चिएपछि ट्र्याक निर्माण कार्य अघि बढ्ने वातावरण बन्दै गएको बर्दिवासका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीको भनाइ छ। यद्यपि बर्दिवास–१४ मै पूर्व–पश्चिम रेलमार्गमा परेका १४ परिवारको घर उठाउन भने अझै समस्या रहेको छ। बर्दिवास–१४ का १४ घरपरिवारको मुआब्जा विवाद अझै जटिल नै छ। रेल विभागका प्रतिनिधि पोखरेलले यी परिवारका नाउँमा जग्गा नहुनु, जग्गा फिल्डबुकमा देखिए पनि अर्कैको नाउँमा हुनुले सडक छेउमै हुँदासमेत यसको समाधान पहिल्याउन विशेष निर्णय नै पर्खिनपर्ने बताए।

यी १४ घरपरिवार बसोबास गरेको जग्गा फिल्डबुकमा स्व निरबहादुर हमालको नाउँ भेटिएको छ। फिल्डबुकमा नाउँ भए पनि जग्गाधनी प्रमाणपुर्जा बन्नुअघि नै उनको निधन भयो। अहिले स्व हमालले नै बसाएका उक्त परिवार ४० वर्षदेखि बस्दै आएको ठाउँबाट विस्थापित हुने भएका छन्।

सो ठाउँमा जग्गाधनी प्रमाणपुर्जा नभएपछि मुआब्जा दिन नसकिने विभागको निर्णयले अहिलेको ठाउँ छुटेपछि कहाँ जाने भन्ने आधार नहुँदा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले यिनको हकमा जग्गा हकदाबीको सूचना प्रकाशित गरी समस्या समाधान गर्न नयाँ प्रक्रिया सुरु गर्नु निकास हुने बताए। यो प्रक्रियाअनुसार आवश्यक निर्णयका लागि नेपाल सरकारलाई अनुरोध गरिँदा केही निकास निस्किने कवारीको निष्कर्ष छ।

प्रकाशित: २०८१ चैत २४ गते आईतबार ०५:४०
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना