काठमाडौँ– एक तोला सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।
मङ्गलबार प्रतितोला रू एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन बुधवार तोलामा रू २ हजार ७ सय बढेर १ लाख ८७ हजार पुगेको हो।
अघिल्लो दिन कारोबारको तुलनामा तोलामा रु १० ले बढेको चाँदीको मूल्य १ हजार ९५५ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २८५ अमेरिकी डलर छ।


