बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि चीनसँगको व्यापारमा थप कर नीति लागू हुनुभन्दा अगाडि चीनले सन २०२५ को पहिलो तीन महिनामा बलियो आर्थिक वृद्धिदर हासिल गरेको छ। यो वर्षको पहिलो त्रैमासिकमा चीनको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५.४५ पुगेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस)ले जानकारी दिएको छ।
एनबीएसले सार्वजनिक गरेको यो तथ्यांक केही समयअघि रोयटर्सले ५० भन्दा बढी अर्थशास्त्रीहरूसँग गरेको सर्वेक्षणको निष्कर्षभन्दा बढी हो। उक्त सर्वेक्षणले ५.१ प्रतिशत आर्थिक वृद्धि हुने आकलन गरेको थियो। सन् २०२४ को अन्त्यमा चीनको निर्यात वृद्धिदरमा सुधार आउँदा त्यसले समग्र अर्थतन्त्रको वृद्धिदरलाई टेवा दिएको हो।
‘राष्ट्रिय अर्थतन्त्रको स्थिर साथै राम्रो सुरुवात भएको थियो, थप अगाडि जाने प्रवृत्तिकै निरन्तरता हो,’ राष्ट्रिय सेवा आयोगका उपनिर्देशक शेङ लाइयुनले बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा भने, ‘हामीले यो हेर्नुपर्छ कि हालको बाह्य वातावरण अझ जटिल र गम्भीर हुँदै गइरहेको छ, र देशको आवश्यकताको प्रभावकारी माग वृद्धिको गति भने अपर्याप्त नै छ।’
संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापार टकरावसँग जुधिरहेको बेला विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धिको तथ्यांकले धेरैलाई आकर्षित गरेको छ। वर्षौंदेखि उसले सामना गरिरहेको आर्थिक समस्याहरू बाहेक सम्पति क्षेत्रमा संकट, मूल्य घट्ने आशंका र उपभोक्ताहरूको खर्च गर्ने अनिच्छालगायतका समस्या पनि प्रमुख देखिएका छन्।
पछिल्लो तथ्यांकबाट उत्साहित भएको चीनले चुनौतीहरूमा सन्तुलन कायम राख्न आफूहरूलाई थप प्रोत्साहन गरेको प्रतिक्रिया छ।


