काठमाडौँ- पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।
उपसमितिका संयोजक सांसद राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमिता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अध्ययन र दोषिलाई कारावही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।
पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि विभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको बताए। ‘१४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्याइएको छ,’ उनले भने।
अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको , निर्माण कार्यक्रममा कमशल सामाग्री प्रयोग गरिएको लगाएतका भ्रष्टाचारका काम देखिएको लिङ्देनले बताए।
उपसमितिले विमानस्थललाई पूर्णरुपमा निर्माण गरेर व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ।
भिडियो


