काठमाडौँ- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २० वटा वाणिज्य बैंकहरुले ४० अर्बभन्दा बढी नाफा आर्जन गरेका छन्।
बैंकहरूले सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २६ करोड खुद नाफा कमाएका छन्। यो अघिल्लो आवको भन्दा १.६७ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ५८ करोड रुपैयाँ थियो। ११ बैंकको नाफा पोहोरको तुलनामा बढेको छ भने ९ को घटेको छ।
चालु आवको पहिलो ९ महिनामा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ। वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ। सो बैंकको नाफा २० गुणा भन्दा केही बढेको छ।
विगतमा कर्जा असुली गर्न नसकेकाले कर्जा नोक्सानी (प्रोभिजनिङ) मा बढी रकम राख्नुपर्दा नाफामा कमी आएको थियो। अहिले कर्जा असुलीमा सुधार भएकाले नाफामा पनि सुधार आएको नेपाल बैंकको भनाइ छ।
त्यस्तै एनआईसी एसिया बैंकको नाफा ९१.८ प्रतिशतले घटेको छ।
कुन बैंकको नाफा कति पुग्यो?
स्रोत : बैंकहरुको विवरण


