काठमाडौँ– भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २८ जनाको मृत्यु भएको छ।
मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी भारतको विभिन्न स्थान, नेपाल र युएईका नागरिकहरूको मृत्यु भएको हो।
घटनामा रुपन्देहीको बुटवलका युवा सुदीप न्यौपानेले ज्यान गुमाए भने रेणु पाण्डे घाइते भएकी छिन्।
सुदीप रिमा पाण्डे, दिदी सुष्मा न्यौपाने र भिनाजु उज्ज्वल काफ्लेका साथ पहलगाम घुम्न गएका थिए।
तर भारतीय प्रशासनले केही बेरअघि अद्यावधिक गरेको विवरणमा २६ जनाको मृत्यु भएको छ।
हमलामा परी १७ जना घाइते भएका छन्।
यी हुन् मृतक
यी हुन् घाइते


