काठमाडौँ- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा सभामा प्राविधिक समस्या देखिएको छ।
राजधानीको कमलादीस्थित प्रज्ञा भवनको हल बुकिङमा कमजोरी हुन सहभागीहरूले प्रवेश नै पाएनन्।
आयोजकले हल बुकिङको प्रक्रिया पूरा नगरी त्यहाँ पुग्दा सहभागीहरूका लागि हलको ढोका नै नखुलेको हो।
हल बुकिङमा समस्या हुँदा ११ बजे हुने भनिएको घोषणा सभा सुरु हुन ढिलाइ भएको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


