काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका हुन्।
सरकारले निजी लगानी प्रबद्र्धन गर्न थप नीतिगत सुधार र प्रक्रियागत सरलीकरण गरी व्यवसायमैत्री वातावरण निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।


