२०८३ कार्तिक १६ गते आईतबार

जीवित छँदा प्रदीपले भनेका थिए- पार्टीको झण्डा नओढाउनू, अर्थमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २३
pradip-nepal–1746537933

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि सुरु गरिएको छ। उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

स्वर्गीय नेपालले मंगलबार नर्भिक अस्पतालमा निधन भएपछि एमाले कार्यालय राख्ने भन्नेबारे नेताहरूबीच छलफल भएको थियो। तर, नेता नेपालले आफ्नो मृत्युपछि कुनै पनि पार्टीको झण्डा नओढाउनू भनेको भन्दै घरपरिवारले नमानेपछि उनलाई श्रद्धाञ्जलिका लागि एमालेको कार्यालय च्यासलमा नलगिएको हो।

कुनै पनि पार्टीकरण नगर्ने र झण्डा नओढाउने भनेपछि श्रद्धाञ्जलिका लागि नराख्ने कुरा भएको एमालेका एक नेताले जानकारी दिए।

नेपाललाई राष्ट्रिय सम्मान दिने निर्णय सरकारले गरेको छ।

नेपाललाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली नर्भिक अस्पताल जाने तयारीमा रहेका थिए। तर, मृत्युपूर्व नेपालले नै आफ्नो मृत्युपछि श्रद्धाञ्जली सभा पनि नराख्नु भनेको भन्दै नेपाल परिवारले ओलीलाई जानकारी गराएको थियो। झण्डा ओढाउन पनि नपाइने र श्रद्धाञ्जलि सभा पनि नराख्ने कुरा परिवारले गरेपछि ओली गएनन्।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता पनि नर्भिक आउने तयारीमा थिए। तर श्रद्धाञ्जली सभा नै नराखिएपछि उनीहरू गएनन्।

प्रदीप नेपालले जीवित छँदा दिएको एक अन्तर्वार्तामा आफूलाई पार्टीको झण्डा नओढाउन र मृत्युपछि भिडभाड नगर्न आग्रह गरेका थिए। त्यही अनुसार पार्टी कार्यालयमा लैजाने, पार्टीको झण्डा ओढाउनेसहितका कार्यक्रम नगरिएको हो।

नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए। उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए। नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए।

पछिल्लो समय नेकपा एमाले विभाजन भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उनलाई सल्लाहकार बनाएको थियो। साहित्य लेखनमा समेत रुची राख्ने नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली वामपन्थी आन्दोलनका नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेता नेपालको निधनले आफू मर्माहित भएको सामाजिक सञ्जालमा प्रचण्डले उल्लेख गरेका छन्।

‘नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद निधनले मर्माहित भएको छु। निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ सामाजिक सञ्जालमा प्रचण्डले लेखेका छन्।

प्रकाशित: २०८२ बैशाख २३ गते मङ्गलबार ०७:४९
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना