काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीवार छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो।
यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।
तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।


