काठमाडौँ– सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङको विपक्षमा सर्वोच्च अदालतको आदेश आएको छ।
विशेष अदालतको आदेशबाट थुनामा पठाइएका तामाङले रिहा हुनका लागि माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले विशेषकै फैसलालाई सदर गरेको हो।
न्यायाधीश नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले कानूनबमोजिम गर्न भन्दै विशेषको आदेश उल्टाउन नगर्ने आदेश दिएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ पुर्पक्षका लागि थुनामा गएका थिए। सर्वोच्चले शुक्रबार कानूनबमोजिम गर्नू भनी विशेषकै आदेशलाई निरन्तरता दिन आदेश सुनाएको हो।
पूर्वसांसद तामाङमाथि सिभिल सहकारीको हजारौं बचतकर्ताको रकम हिनामिना गरेको अभियोग लागेको थियो।
उनीविरुद्ध लागेका मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छन्।


