काठमाडौँ- डा विश्व पौडेललाई गभर्नर बनाउन सर्वोच्च अदालतले पनि बाटो खुला गरिदिएको छ।
डा पौडेललाई गभर्नर बनाउन नहुने मागसहित परेको निवदेनलाई सर्वोच्च प्रशासनले गरेको दरपीठविरुद्धको रिटमाथि सुनुवाइ गर्दै दरपीठलाई सदर गरेको हो।
योसँगै पौडेललाई गभर्नर बनाउने बाटो खुला पारिदिएको हो।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यसअघि सर्वोच्चको दरपीठको आदेशलाई सदर गर्ने निर्णय गरेको हो।
यससँगै अब पौडेललाई गभर्नर बनाउन सरकारलाई बाटो खुला भएको छ।
मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गर्ने तयारी भइरहेको स्रोतहरुको भनाइ छ।


