२०८३ कार्तिक २६ गते बुधबार

रवि थुनामै रहने आदेश सदर भएपछि रास्वपाले बोलायो भर्चुअल बैठक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १०
rsp

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति थुनामा नै रहने उच्च अदालतको आदेश सर्वोच्चले पनि सदर गरेपछि पार्टीले आकस्मिक रूपमा भर्चुअल बैठक बोलाएको छ।

रास्वपाले सभापति लामिछानेलाई थुनामै राख्ने गरी सर्वोच्चको आदेशका विषयमा छलफलका लागि आकस्मिक रूपमा भर्चुअल बैठकमा बोलाएको हो।

शनिवार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ। यस्तै लगत्तै ४ बजे केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ। केन्द्रीय समिति बैठक पनि भर्चुअल रूपमा नै हुने रास्वपाले जानकारी दिएको हो।

यस्तै आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक भौतिक रूपमा नै बस्ने रास्वपाले जानकारी दिएको छ।

सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले शुक्रवार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत, तुलसीपुर बुटवल इजलासको आदेश सदर गरेको थियो।

रविलाई थुनामा पठाउँदा सर्वोच्चले लामिछाने गोर्खा टेलिभिजन नेटवर्क (ग्यालेक्सी फोरके)को व्यवस्थापनमा संलग्न देखिएको ठहर गरेको छ।

यस्तै लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट दुई करोड ऋण लिएको अस्वीकार गरेपनि कर्जा खातामा उक्त रकम लिएको र उक्त रकम चलाएकोसमेत आधार देखिएको आदेशमा भनिएको छ।

आफूले सुप्रिम सहकारीबाट ऋण लिएको आफूलाई थाहै नभएको बयान दिए पनि उनको उक्त भनाइ प्राप्त प्रमाणहरूले खण्डित भएको समेत सर्वोच्चको आदेशमा उल्लेख छ।

लामिछाने सहकारीबाट ऋण लिने काममा सुरुदेखि नै संलग्न देखिएको, सहकारीबाट ऋण लिएको रकम नै गोर्खा मिडियामा सेयर हालेको पाइएको पनि आदेशमा लेखिएको छ।

सहकारीवबाट गोर्खा मिडियाको खातामा आएको रकम लामिछानेले गोर्खा मिडियाबाट राजीनामा दिएपछि पनि चेक काटिरहेकाले पनि उनी सहकारीको रकम हिनामिनामा निर्दोष देखिएको भन्न नसकिने सर्वोच्चको ठहर छ।

सुप्रिम सहकारीकै प्रकरणका प्रतिवादीहरूले पनि नाम रवि लामिछाने गोर्खा मिडियाको आर्थिक कारोबारमा संलग्न भएको देखिएको संयुक्त इजलासले ठहर गरेको छ।

खाताको रकम भुक्तानीका लागि चेक काटिएको चेकका विषयमा लामिछानेले आफूलाई थाहै नभएको बताउँदै आएपनि खाता सञ्चालकले आफैँ चेक काटेको कुरा थाहा नपाउने हुन नसक्ने पनि सर्वोच्चको आदेशमा भनिएको छ।

यी आधारहरू प्रस्तुत गर्दै लामिछाने सहकारीको रकम अपलचलनमा कसुरदार रहेनछन् भन्न नमिलेको संयुक्त इजलासले ठहर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको हो। सर्वोच्चको आदेशसँगै रुपन्देही जिल्ला अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म रवि थुनामा नै रहने भएका छन्। जिल्लाले सफाइ दिएको खण्डमा उनी थुनाबाहिर आउन सक्छन्। तर त्ससका लागि  अन्य ४ जिल्लामा पनि सहकारी ठगीको मुद्दा चलिहरेकाले ती जिल्ला, सम्बन्धित उच्च र सर्वोच्चसमेतबाटसमेत थुनाबाहिर बस्न पाउने आदेश/फैसला पाउनु पर्ने हुन्छ।

रविका समर्थक निराश, फेसबुकमा न्यायाधीशको मानमर्दन गर्न पनि बन्देज [पूर्णपाठ]

प्रकाशित: २०८२ जेठ १० गते शनिवार ०७:०२
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना