काठमाडौँ- नेपालका ९५ प्रतिशत जनसंख्यासम्म विद्युतको पहुँच पुगेको आर्थिक सर्वेक्षण गरेको छ। अर्थमन्त्रीले प्रतिनिधि सभामा पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले यस्तो उल्लेख गरेको हो।
चालु आर्थिक वर्षको ९ महिना (साउन देखि फागुन)सम्म कुल विद्युत जडित क्षमता २१.७ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ।
कुल विद्युत जडित क्षमता २ हजार ६६६ मेगावाट पुगको र वर्षाको समयमा विद्युत निर्यात गर्न थालिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।


