काठमाडौँ । सरकारले रासायनिक मलमा अनुदान दिनका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन्।
माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रममा ४० करोड विनियोजन गरिएको जानकारी दिए।


