काठमाडौँ– नेपाली उद्योगले अब विदेशमा लगानी गर्न पाउने भएका छन्।
नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन्।
विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि उनले बताए।
विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्ने उनले बताए।
हालसम्म नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ। केही समयअघि मात्र सरकारले अध्यादेशमार्फत आईटी कम्पनीलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरेको थियो।


