काठमाडौँ- काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ।
गृह मन्त्रालय आज एक सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।
‘मिति २०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा मिति २०८२ साल जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा भनिएको छ।


