काठमाडौंँ- काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले कार्यपालिका बैठक बाेलाएका छन्। ६ महिनापछि बालेनले कार्यपालिका बैठक बाेलाएका हुन्।
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक साेमवारका लागि बाेलाइएकाे महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाको बैठक महिनाको एक पटक बस्ने व्यवस्था भएपनि विगत ६ महिनादेखि आन्तरिक द्वन्द्वका कारण महानगरको बैठन बस्न सकेको थिएन।
बैठक आह्वान गर्न महानगर कार्यपालिका सदस्यहरूले जेठ १२ मा प्रमुख बालेन्द्र शाहलाई पत्र बुझाएका थिए। सदस्यहरूले बैठक राख्न अनुरोध गरे प्रमुखले समय र स्थान तोकेर कार्यपालिका बोलाउने व्यवस्था ऐनमा छ।
यसैगरी महानगरले बजेट र नीति निर्माणका लागि सुझावसमेत संकलन गर्न आह्वानसमेत गरेको छ।


