काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
पेट्रोलमा २ र डिजेल/मट्टितेलमा एक रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको हो। वृद्धि भएको मूल्य आइतवारको पहिलो कारोवारबाट लागू हुने छ।
निगमले आन्तरिकतर्फ हवाइ इन्धानमा ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २२ अमेरिकी डलरले मूल्य घटाएको छ।
यससँगै अब पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य १४३ रुपैयाँ पुगेको छ।


