जनकपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोड्ने चेतावनी दिएका छन्।
जनुकपुरधाममा आयोजित एक कार्यक्रिममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्।
सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न उनको निर्देशन छ।
भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभई रकेटको शैलीमा काम गर्नुपर्ने टिप्पणी गरे।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुुलीमा रहेको सुनकोशी नदीको पानी वाग्मती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेसका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराउने योजना छ।
३१.०७ मेगावाटको जलविद्युुत् उत्पादन सहितको ४९ अर्ब ४२ करोडको सो आयोजनाको हेडवर्क्स (मुहान)मा गत वर्षको बाढी–पहिरोबाट क्षति भएको थियो।


