काठमाडौँ- अबदेखि घरजग्गा खरिदबिक्री तथा नामसारी गर्दा बैंक स्टेटमेन्ट र केवाईसी फारम भर्नैपर्ने भएको छ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७९ जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था गरेको हो।
यसअघि नगद कारोबार र मौखिक प्रमाणमा सीमित भएको घरजग्गा खरिदबिक्री अब लिखित प्रमाण र बैंकिङ कारोबार मात्रै मान्य हुने भएको हो।
तर १० लाखभन्दा कम रकमको कारोबारमा भने बैंकिङ प्रक्रिया र स्टेटमेन्ट अनिवार्य गरिएको छैन। एकैदिनमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नुपरे राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने समेत उक्त निर्देशिकामा उल्लेख छ।
अब घरजग्गाको बैना गर्दा पनि स्थानीय तहले प्रमाणित गरेको विवरण मात्र मान्य हुने भएको छ। बैना गर्दा १० लाखभन्दा बढीको कारोबार भए त्यसको प्रमाण पनि सम्बन्धित मालपोत कार्यालयमा दाखिला गर्नुपर्ने भएको छ।
यस्तो छ व्यवस्था
भूमि व्यवस्थापन विभागको पत्र


