काठमाडौँ- मंगलवार सुनको मूल्य २ हजार ५ सय रुपैयाँले घटेको छ।
योसँगै एक तोला छापावाल सुन किन्न १ लाख ९५ हजार रुपैयाँ चाहिने भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।
यसअघि वैशाख ९ गते मंगलबार सुनको भाउ तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँको कीर्तीमानी मूल्यमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले कम भएको छ।
सोमबार एक तोलालाई २ हजार १६५ रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।


